प्रहरीका ९० जना डीएसपीहरुको सरुवा

Machchapuchchre Bank

Atharajniti  ~   नेपाल प्रहरीका ९० जना डीएसपीहरुको सरुवा गरिएको छ । आईजीपी चन्द्रकुवेर खापुङले डीएसपीहरुको सरुवा सम्बन्धी निर्णय गरेका हुन् । इलाका प्रहरी कार्यालय इटहरीमा सुवास हमाल, प्रहरी वृत्त बौद्धमा सन्तोष रोका, पर्वतमा विजय यादव, मुगुमा रविराज थपलिया र प्रहरी वृत्त स्वयम्भूमा मोहनमणि अधिकारीलाई सरुवा गरिएको छ । डडेलधुरामा वरुण सिंह, भृकुटीमण्डपस्थित नगर प्रहरी कार्यालयमा प्रह्लाद कार्की, प्रहरी वृत्त गौशालामा प्रकाश श्रीमल र दरबारमार्ग वृत्तमा नारायण डाँगीलाई सरुवा गरिएको छ । प्युठानमा नरहरि अधिकारीलाई पठाइएको छ भने प्रहरी वृत्त मालिगाउँमा धनबहादुर बोहरालाई पठाइएको छ । प्रहरी वृत्त जगातीमा चञ्चला श्रेष्ठलाई सरुवा गरिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरमा चक्र बहादुर डम्बरपाललाई सरुवा गरिएको छ भने दार्चुलामा गौरव महतलाई पठाइएको छ । सङ्खुवासभाको इन्चार्जमा कुमारप्रसाद मैनाली र पाँचथरमा अनिश कर्णलाई पठाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्