Artharajniti ~ सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीले नेतृत्व गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । निषेधाज्ञा तोडेर नयाँबानेश्वरको संसद भवनतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो । माइतीघरबाट अघि बढेको प्रदर्शन प्रहरीको ब्यारिकेड तोड्दै नयाँबानेश्वरसम्म पुगेको छ । तिनकुनेतर्फबाट अघि बढेको टोली संसद भवनको गेट अगाडि नै पुगेको छ।
संसद भवन अगाडि पुगे जेनजी, प्रहरीले हान्यो अश्रुग्याँस
