“भारतसँगको सीमा विवाद कूटनीतिक पहलबाट समाधान गर्नुपर्छ ” : प्रचण्ड

Machchapuchchre Bank

Artharajniti  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमा समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल लिनुपर्ने बताएका छन् । सोमबार साँझ सम्पन्न पार्टीको एशिया प्रदेश संगठन समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सीमा समस्या कूटनीतिक पहलबाटै समाधान गर्नुपर्छ भन्नेमा आफूहरू प्रष्ट रहेको बताए । उनले भने, ‘सीमा समस्या कूटनीतिक पहलबाटै समाधान गर्नुपर्छ भन्नेमा माओवादी केन्द्र स्पष्ट छ ।’ आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणका क्रममा लिपुलेक र अन्य क्षेत्रका सीमा विवादबारे कुरा उठाएको भन्दै प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल–भारतको सीमा समस्या संवादबाट समाधान गरिने भन्न लगाएको उनको भनाइ छ । ‘अहिलेको सरकारले कूटनीतिक पहलबाट सीमा समस्या समाधान गर्न पहल लिनुपर्छ भन्नेमा माओवादी केन्द्र स्पष्ट छ,’ उनले दोहोर्‍याए । बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रवासी क्षेत्रमा क्रियाशील नेताकार्यकतालाई पार्टीको मूलधारमा ल्याउन विशेष प्रयास थालिएको जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्