रामहरि खतिवडालाई राजीनामा दिन कांग्रेसले निर्देशन दिने

Machchapuchchre Bank

Artharajniti  ~  नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई राजीनामा दिन निर्देशन दिने भएको छ । संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडमा भएको चलखेलमा समिति सभापति खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने संसदीय समितिले ठहर गरेको थियो । कांग्रेस सहमहामन्त्री जीवन परियारको नेतृत्वमा गठित छानविन समितिले खतिवडा जिम्मेवारी रहेको प्रतिवेदन पेश गरेको थियो । राज्य व्यवस्था समितिबाट पारित भएको विधेयकमा व्यवस्था गरिएको कुलिङ अफ पिरियडको व्यवस्था निष्कृय हुने गरी प्रतिनिधि सभाबाट पास भएपछि खतिवडा विवादमा परेका थिए । खतिवडाले पदबाट राजीनामा दिनुपर्ने विचार पार्टीभित्र र बाहिरबाट आइरहेको छ । कांग्रेस स्रोतका अनुसार खतिवडालाई राजीनामा दिनका लागि पार्टीले १/२ दिनमा निर्देशन दिने भएको छ । खतिवडालाई समिति सभापतिबाट राजीनामा दिने गरी निर्देशन दिनका लागि पार्टी शीर्ष नेतामा समेत सहमति बनेको सभापति देउवा निकट एक शीर्ष तहका नेताले जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्