” ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ ” : सभापति देउवा

Machchapuchchre Bank

Artharajniti  ~  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् । आज काठमाडौँमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै देउवाले लगानीका लागि आउने जो सुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्ने बताए । उनले भने, ‘अहिले उत्पादित विद्युत खपत गर्ने र व्यापार गर्ने दायित्व सरकारको हो । यसका लागि निजी क्षेत्रलाई सहभागी गराउनु जरुरी छ’  ‘लगानीका लागि आउने जो सुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्छ । लगानीकर्तालाई दुःख दिने भन्नेकुरै छैन ।’ जलविद्युत आयोजनाहरूको आईपीओ निस्कासन रोक्नु गलत भएको र धितोपत्र बोर्डले चाँडै शेयर निस्कासन गर्ने धारणा राखे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्