मन्त्री गुप्ताद्वारा राजीनामा

Machchapuchchre Bank

Artharajniti ~  अडियो कान्ड सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । ७८ लाख घुस काण्डमा मुछिएका उनले आज पदबाट राजीनामा दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् । उनले भनेका छन्, “विगत केहि दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिल सगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ बिदितै छ । कहिले काहि नखाएको बिष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भए । अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्मान्निय प्रधान मन्त्रि समक्ष सामान्य प्रशासन मन्त्रि पदबाट राजिनामा गरेको छु । प्रबिधिको उच्चतम प्रयोगको शिकार अब अरु कोहिपनि नबनुन भन्ने अपेक्षा गर्दै आजसम्मा बिभिन्न रुपले आफुलाई सहयोग गर्नुहुनेहरुलाइ हार्दिक धन्यबाद ब्यक्त गर्दछु । अब फेरि एकपटक देश र जनता प्रति थप जिम्मेवारि बोधका साथ पार्टिले दिएको जिम्मेवारि इमान र निस्टाको साथ पुरा गर्ने प्रतिवद्दताकाे साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु ।”

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्