काठमाडौ महानगरको बजेट २५ अर्ब ७६ करोड

Machchapuchchre Bank

Artharajniti  ~  काठमाडौं महानगरपालिकाले आगामी आव २०८२/०८३ को लागि कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रूपैयाँको अनुमानित बजेट ल्याएको छ । उपमेयर सुनिता डंगोललले महानगरको १७औं अधिवेशनमा सो बजेट पेश गरेकी हुन् । उनले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि रु २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य वाह्य व्ययभार हुने गरी कुल रु २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेकी हुन् । पूर्वाधार विकासतर्फ ५१ प्रतिशत अर्थात १२ अर्ब ८० करोड ८३ लाख १४ हजार रुपैयाँ रहेको छ भने सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ १२ प्रतिशत अर्थात ३ अर्ब १ करोड ३७ लाख २१ हजार प्रस्ताव गरिन् । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ १४ प्रतिशत अर्थात ३ अर्ब ५१ करोड ६० लाख ८ हजार रुपैया प्रस्ताव गरिएको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्