“संसद्मा सहभागी दललाई सहकार्यमार्फत अगाडि बढ्न आह्वान गर्छु ” : सभामुख

Machchapuchchre Bank

Artharajniti  ~  सभामुख देवराज घिमिरेले संसद्मा सहभागी दललाई संवाद र सहकार्यको माध्यमबाट दलीय सहमति कायम गर्दै संसद्को गरिमा उच्च राख्न र जनअपेक्षाको सम्बोधनमा एक भएर अगाडि बढ्न आह्वान गरेका छन् । संसद् दिवस, २०८२ को अवसरमा आज (सोमबार) शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले संसद्लाई अझ प्रभावकारी, उत्तरदायी र जनउत्तरदायी बनाउनेतर्फ स्वतन्त्र प्रेस, नागरिक समाज र सचेत नागरिकको योगदानप्रति आभा प्रकट गरे । नेपालमा पहिलो निर्वाचित प्रतिनिधिसभाको बैठक बसेको स्मरणमा प्रत्येक वर्ष असार १६ गते संसद् दिवस मनाइन्छ । आज लोकतन्त्र, संविधानवाद, जनताको अधिकार तथा जनताप्रति जनप्रतिनिधिको उत्तरदायित्वको स्मरण गर्ने दिन पनि भएको सभामुख घिमिरेको भनाइ छ । सन्देशमा भनिएको छ, “शासन व्यवस्थामा नीति निर्माण, कानुन निर्माण तथा कार्यान्वयनको प्रभावकारी निगरानी जस्ता महत्त्वपूर्ण कार्य संसद्मार्फत सम्पन्न गरिन्छ, संसद्ले व्यवस्थापकीय कार्यविधिको माध्यमबाट जनताको अभिमतअनुरूप नीति र कानुन सुनिश्चित गर्दछ ।”

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्