सुनको मूल्य हालसम्मकै उच्च, ७६ हजार रुपैयाँमा कारोबार

Machchapuchchre

काठमाडौं । सुनको भाउ साेमबार तोलाको ७६ हजार रुपैयाँ पुगेको छ । केही दिनदेखि लगातार बढिरहेको सुनको भाउ साेमबार तोलामा ५ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगाे भएको हो । सुन आइतबार तोलामा १ हजार रुपैयाँ बढेको थियो । सुन महँगो भएसँगै कारोबार भने घटेको व्यवसायीले बताएका छन् ।

गएका पाँच दिनमा सुनको भाउ तोलामा झण्डै २५ सय रुपैयाँ बढेपछि कारोबार ठप्प जस्तै भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाे मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए । गएकाे वर्ष याे समयमा दैनिक ५८ देखि ६० किलो सुन बिक्री हुने गरेकामा हिजो आज मुश्किलले दैनिक १० किलोमात्रै व्यापार हुने गरेको उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेको र अझै बढ्ने अनुमान गरिएकाले नेपालमा पनि भाउ अझै बढ्ने सम्भावना रहेको उउनले बताए । अमेरिका र ईरानबीचको तनाव, डलर बलियो तथा भारतीय रुपैयाँ कमजोर भएकाले पनि नेपालमा सुनको भाउ बढेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्