Atharajniti ~ परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली युवा विपिन जोशीको बारेमा चौतर्फी अनुरोध गरिएको जानकारी गराएकी छन् । आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले भनिन्, “हामीले सक्दो प्रयास गरेका छौँ विपिन जोशीको रिहाइका लागि प्रधानमन्त्री, सभामुखले पनि गर्नुभयो,” “म आफैँले पनि पत्र लेखेर अनुरोध गरेको छु । कतार र संयुक्त अरब इमिरेट्सका मन्त्रीसँग भेट गरेर अनुरोध गरेको छु । तर जोशीको अवस्था अहिले के छ भन्नेबारेमा नै अनभिज्ञता प्रकट गरिन् । “दुईजना विदेशी हराइरहेको जानकारी प्राप्त भएको थियो,” उनले भनिन्, “नेपाली नागरिक विपिन जोशीको बारेमा भगवानसँग प्राथना गरौँ । सकुसल छन् । नेपाल फर्किन्छन् भन्ने आशा गरौँ ।” त्यस्तै उनले इरानमा १६ नेपाली रहेको जानकारी दिइन् । ‘इरानमा १६ नेपाली रहनुभएको छ । ११ जना मसाद भन्ने स्थानमा हुनुहुन्छ । ५ जना भने गैरकानुनी रूपमा गएकाले इरानको जेलमा हुनुहुन्छ,’ परराष्ट्र मन्त्री डा. राणाले भनिन् । उनले भोलि भारतीय विमानमा ११ जना भारतसम्म आइपुग्ने जानकारी दिइन् । भारतले आफ्ना नागरिकलाई उद्धार गर्दा नेपालीलाई पनि उद्धार गरिदिने बताएकाले सरकारले सहमति जनाएको बताइन् । ११ जनामध्ये एक जनाको ट्राभल डकुमेन्ट नभएकाले बनाउन प्रक्रिया सुरु भएको परराष्ट्र मन्त्री डा. राणाले बताइन् ।
“विपिनका बारेमा भगवानसँग प्राथना गरौँ ” : परराष्ट्रमन्त्री
