” संसद् आजैदेखि खुल्छ ” : महामन्त्री थापा

Machchapuchchre Bank

Artharajniti  ~  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही दिनदेखि अवरुद्ध रहेको संसद् आज खुल्नेगरी छलफल भइरहेको बताएका छन् । आज सुनसरीको इटहरीमा कांग्रेस नेता तथा कार्यकर्तासँगको भेटमा उनले संसद् सञ्चालनका लागि प्रमुख दलबिच सहमति भइसकेको समेत बताए । ‘केहीबेरमा म संसद् किन खुल्यो भन्नेबारे भिडियोमार्फत जानकारी दिनेछु, तर आज केहीबेरमै संसद् खुल्छ’, महामन्त्री थापाले भने । उनी तामाङ घेदुङको कोसी प्रदेश अधिवेशनमा सहभागी हुन इटहरी आएका हुन् । त्यस अवसरमा नेपाली कांग्रेस क्षेत्र नं २ ‘क’ ले आयोजना गरेको सङ्गठन संवाद कार्यक्रममा महामन्त्री थापाले संसद्ले आजैदेखि गति लिने उल्लेख गरे । उनले देशको राजनीतिक गतिरोध अन्त्य गर्ने दिशामा सकारात्मक सङ्केत देखिएको बताउँदै नेपाली कांग्रेस लोकतान्त्रिक अभ्यास र जनताका अपेक्षाअनुसार अघि बढ्ने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्