गभर्नर नियुक्ति गिजोलिँदा मुलुक नै बदनाम

Machchapuchchre Bank

Artharajniti   ~  प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्मा र विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले राष्ट्र बैङ्कको गभर्नर नियुक्तिको विषय गिजोलिँदा राष्ट्रको बदनाम भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै उनीहरूले दुई तिहाइको सरकारले सत्तारुढ दलहरूको स्वार्थ नमिल्दा गभर्नर नियुक्ति हुन नसकेको र यस विषयले राष्ट्रको बदनाम भएको बताए । माओवादी सांसद शर्माले दुई तिहाइ मत भएको सरकारले गभर्नर नियुक्ति गर्न नसक्नुको कारण के हो भन्ने प्रश्न गरिन् । उनले सत्तारुढ दलहरूको स्वार्थ नमिल्दा गभर्नर नियुक्त नभएर मुलुकको बेइज्जत भएको बताइन् । उनले भनिन्, ‘सत्तारुढ दलहरूको स्वार्थ नमिल्दा राष्ट्र बैङ्क नेतृत्वविहीन भएको लामो समयसम्म पनि गभर्नर नियुक्त हुन सकेको छैन । यसले मुलुकको बेइज्जत भयो ।’राप्रपा सांसद कार्कीले गभर्नर पद लिलामीमा गएको बताइन् । उनले कार्यवाहक गभर्नर निलम ढुङ्गाना लाई दिएर ५२ प्रतिशत महिलाको सम्मान गर्न माग गरिन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्