“जनतालाई अनावश्यकरुपमा निराश बनाउनु अपराध हो ” : प्रधानमन्त्री ओली

Machchapuchchre Bank

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई अनावश्यकरुपमा निराश बनाउनु एक प्रकारको अपराध हुने बताउनुभएको छ । ‘लोकान्तर डटकम’को नवौँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष संवादमा प्रधानमन्त्री ओलीले देशलाई बर्बादीतिर धकेल्ने होइन आशावादीतामा फर्काउनुपर्नेमा जोड दिनुभएको हो । मुलुकमा विकास र समृद्धिका प्रयास भइरहे पनि मानिसहरुमा निराशा छाउनुको कारण के होला ? भन्ने प्रस्तोता विमल गौतमको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “केही फेसबुक र युट्युब र आँखामा कालो पत्ती बाँधेर हेर्ने दृष्टिकोण भएकाहरुका कारण निराशा छ भनेर मुलुकलाई बदनाम गर्न खोजिएको छ । त्यो यथार्थ होइन ।” विगतमा आफू प्रधानमन्त्री हुँदा थालेका महत्वपूर्ण आयोजना र चालिएका कदमलाई तीव्रताका साथ पूरा गर्ने दृढता लिएर सरकार अघि बढिरहेकाले युवाहरुलाई निराश होइन, हामी आफैले आफ्नो देश बनाउन सक्छौँ भन्ने आशावादका साथ देशभित्रै केन्द्रित हुन आग्रह गर्नुभयो । “यहाँ काम गर्ने मान्छे छैन, मान्छेहरु काम पाइन्छ भनेर देश बाहिर गइरहेका छन् । यस देशमा केही भएन भन्ने मिसनका साथ सञ्चालित र पुरातनवादी तत्वहरु छटपटाएका छन् । उसले दुई सय पचास वर्ष शासक भएर खाएको सम्झिएको छ । उनीहरु यो लोकतान्त्रिक प्रणालीको चुनावबाट आउने सम्भावना नदेखेर मुलुकमा केही पनि भएन भन्दैछन् ।”, प्रधानमन्त्री ओलीको भनाइ थियो, “अधिनायकवाद र तानाशाहमा विश्वास गर्नेहरुले आशा जगाउने कुरा गर्दा पनि गाली गरिरहेका छन् । आशावाद र विकासको कुरा गर्ने कलाकारको चलचित्र बहिष्कार गर्ने भन्न पछि पर्दैनन् । यस्तो खालको असहिष्णुता  र संकीर्णता बोक्नेहरुले लोकतन्त्र पचाउन नसकेका हुन् । यथार्थमा लोकतन्त्र श्रेष्ठ विकल्प हो । यसको विकल्प छैन ।”

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्