” सरकारको नीति तथा कार्यक्रम : उँटजस्तो ” : स्वर्णिम वाग्ले

Machchapuchchre Bank

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमलाई उँटसँग तुलना गरेका छन् । सरकारले अरु देशको नक्कल गर्दागर्दा नीति तथा कार्यक्रम उँटजस्तो बनेको उनले बताए । नीति तथा कार्यक्रम सुरुवात गर्ने बेलायतले पछिल्लो नीति तथा कार्यक्रम १२ मिनेटमा सकेको उदाहरण प्रस्तुत गर्दै उनले त्यसकै नक्कल गर्ने नेपालले भने अत्यन्तै लामो दस्ताबजे ल्याएको उल्लेख गरे । उनले यो दस्ताबेजको कुनै उपादेयता नभएको भन्दै परम्परा धान्नको लागि मात्रै कार्यक्रम आएको बताए । उनले नीति तथा कार्यक्रमको सिक्वेन्स र सिरिज नमिलेको उल्लेख गरे । यसमा मुख्यतया तीनवटा कमजोरी रहेको उनको भनाइ छ । पहिलो, मन्त्रालयहरुबीच कार्यक्रम बाझिएको, दोस्रो साधन स्रोत छरपस्ट रहेको र योजना छनोट गर्ने निकाय र बजेट बनाउनेबीच तादम्यता नमिलेको उनको भनाइ छ । उनले कृतिम बौद्धिकता जस्तो विषयलाई सञ्चार मन्त्रालयको एउटा बुँदामा सीमित भएको भन्दै यसले काम गर्न नसक्ने उल्लेख गरे । पर्यटनको लक्ष्य निर्धारण गर्दा तर भौतिक पूर्वाधारसँग नमिलेको, परराष्ट्र मन्त्रालयको कार्यक्रममा अर्थ मन्त्रालयसँग समन्वय नभएको भन्दै उनले आलोचना गरे । वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको कार्यक्रमको भने प्रशंसा गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्