जनमत र नाउपामा एकता नहुँदै विवाद

Machchapuchchre Bank

Artharajniti  ~   जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज एकता घोषणा हुने भनिएको थियो । तर, एकता हुनुपूर्व नै यी दुई पार्टीका नेताहरूबीच विवाद सुरु भएको छ । आज एकता घोषणाको मिति तोकिए पनि अन्तिम समयमा एकता हुने कुरामै विवाद देखिएको छ ।एकीकृत पार्टीमा ७ सय जनाको केन्द्रीय समिति बनाउने र त्यसमा दुवै पार्टीबाट ५०/५० प्रतिशत केन्द्रीय सदस्य चयन गर्ने सहमति भएको थियो । सचिवालय संरक्षक रेशम चौधरी तथा दुवै पार्टीबाट १२/१२ जना गरी २५ सदस्यीय बनाउने तयारी छ ।त्यस्तै, संरक्षक चौधरीसहित ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी कार्यसम्पादन समिति बनाउने सहमति भएको थियो । तर, अन्तिम समयमा आएर सहमति भए जस्तो नहुने भएपछि चौधरीपक्ष असन्तुष्ट बनेको छ ।एकता घोषणा सभाबाटै दुवै पक्षबाट केन्द्रीय सदस्य घोषणा गर्ने सहमति भएको थियो । तर, जनमत पार्टीले सबै सदस्यको नाम नदिँदा पार्टी एकता घोषणा नै नहोलाजस्तो माहौल बनेको नाउपाका एक केन्द्रीय सदस्य बताउँछन् ।

नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता भाँडिएको छ । नाउपाका संरक्षक रेशम चौधरी पक्राउ परेसँगै यी दुई पार्टीको एकता भाँडिएको हो ।जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले दुई पार्टीको एकता स्थगित भएको जानकारी दिएका छन् । चौधरीलाई पक्राउ गरेपछि एकता घोषणा स्थगित गरिएको उनको भनाइ छ ।’पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलबाटै पक्राउ गरेर पुरानो फैसला कार्यान्वयन गर्नका लागि डिल्ली बजार जेल पठाएको खबर प्राप्त भएको छ । यसको हामी घोर भर्त्सना गर्दछौँ । यस कारणले आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ र सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आ-आफ्नो घर जान आग्रह गरिएको छ । बैठक बसेर अर्को सूचना हामी शीघ्र दिनेछौँ,’ उनले लेखेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्