५ लाख ५३ हजार विद्यार्थीको भविष्य अन्योलमा

Machchapuchchre Bank

Artharajniti   ~  नेपाल शिक्षक महासंघले आज सोमबारसम्म आन्दोलनको कार्यक्रम फिर्ता नलिए कक्षा १२ को परीक्षा स्थगित हुने सम्भावना रहेको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलवारसम्म पनि विद्यालय खुलेनन् भने परीक्षा लिन कठिन हुने जनाएको छ । बोर्डले महासंघलगायत सरोकारवाला निकायलाई परीक्षा लिने वातावरण बनाउन पटकपटक आग्रह गर्दा पनि नटेरेर आन्दोलन जारी राखेपछि समस्या परेको हो । परीक्षा स्थगित भए ५ लाख ५३ हजार विद्यार्थीहरू प्रभावित हुनेछन् । बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा गर्ने अन्तिम तयारी भए तापनि आन्दोलन फिर्ता नलिएसम्म परीक्षा हुने सम्भावना क्षीण रहेको जानकारी दिँदै भन्नुभयो– ‘आज सोमबारभित्र आन्दोलनरत् शिक्षक केन्द्रमा प्रवेश नगरे परीक्षा हुन कठिन छ । ‘हामी त एकदिन अघिसम्म प्रश्नपत्र पठाएर भए पनि परीक्षा लिन तयार छौं । तर, परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने जिम्मा लिएका शिक्षक केन्द्रमा प्रवेश नगरेसम्म परीक्षा हुन कठिन छ ।’ बोर्डले परीक्षा स्थगित गरिसकेको भने छैन । परीक्षा सञ्चालन गर्ने विषयमा बोर्डले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाई, जिल्ला परीक्षा समन्वय समिति लगायतसँग छलफल जारी राखेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्