” यो देशमा केही भएन भन्ने भ्रामक प्रचार बढी भयो ” : मन्त्री डा. राणा

Machchapuchchre Bank

Artharajniti   ~  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले देशमा केही पनि परिवर्तन भएको छैन भन्नेजस्ता नेपाललाई बद्नाम गराउने किसिमका भ्रामक किसिमका प्रचारप्रसार भएको बताउनुभएको छ । डा. महेश्वरी कुँवरद्वारा लिखित ‘सात प्रदेशको चित्र, एउटै क्यानभासभित्र’ पुस्तक विमोचन समारोहमा मन्त्री डा. राणाले नेपालका बारेमा कूटनीतिक पक्षले भने सकारात्मक टिप्पणी गरिरहेका बेलामा मुलुकमा २०४६ सालपछि भएको सकारात्मक परिवर्तनलाई भुलेर केही विकास भएको छैन भन्नु गलत भएको उल्लेख गर्नुभयो । “गाउँगाउँमा सडक, स्वास्थ्यलगायत सेवासुविधा विस्तार भइरहेको छ । सञ्चार तथा प्रविधिको विकासमा पनि नेपालले फड्को मारेको छ”, मन्त्री डा. राणाले भन्नुभयो, “नेपालमा केही पनि भएन । अब यो देशमा बसेर के काम ? भनेर नेपालीले नै अनावश्यक नकारात्मक प्रचार गरिरहेका छन् । नेपालमा परिवर्तन भइरहेको सकारात्मक कुरा पनि मिडियामा आउनुपर्छ । नेपालमा सुधार भएको छ ।” आन्दोलन, हड्ताल, राजनीतिक विवादजस्ता कुराले परिवर्तनका कार्यलाई असहज बनाउने काम भइरहेको उल्लेख गर्दै उहाँले यस्ता समस्या समाधान गरेर मुुलुकको समृद्धिमा सबै लाग्नुपर्ने बताउनुभयो । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले लोकतन्त्र स्थापनापछि भौतिक पूर्वाधारलगायत क्षेत्रमा सकारात्मक परिवर्तन भइरहेकाले निराश हुनुपर्ने आवश्यक  नभएको बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्