‘अगतिला तत्त्व’लाई बोकेर पार लगाउन नसकिने निष्कर्षपछि नै अहिलेको सरकार ” : ओली

Machchapuchchre Bank

Artharajniti  ~ प्रधानमन्त्री केपी शर्मा ओलीले ‘१०-१२ वटा स्याल जम्मा भएर हात्तीको शिकार खेल्छु भनेर कुदेको देख्दा अचम्म लागेको बताएका छन्। उनले ‘समाजवादी मोर्चा’लाई लक्षित गर्दै यस्तो व्यंग्य गरेका हुन्। बुधवार नेपाल निजामती कर्मचारी संगठनको १२ औँ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले अहिले नेपाली काँग्रेस र नेकपा एमालेको सरकार रहेको र काँग्रेससँगको समझदारीमा एमालेले काम गरिरहेको बताए। उनले ‘अगतिला तत्त्व’लाई बोकेर पार लगाउन नसकिने निष्कर्षपछि नै अहिलेको सरकार निर्माण भएको बताए। उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रत्यक्षबाट जितेको १८ सिटसहित ३२ सिट पाएको र त्यसलाई नै जादुको छडी सम्झिएको बताए। प्रधानमन्त्री ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्ने सपना नदेख्न आग्रह गरे। उनले अध्यक्ष नेपालले प्रधानमन्त्री हुन्छु भनेर कसैको मन भतभती पोलेको छ भन्ने अभिव्यक्ति दिएको भन्दै यस्तो सपना हिँड्दा देखेको कि बस्दा देखेको भन्दै प्रश्न गरे। उनले अहिले सरकारले कानूनी र संरचनागत रूपमा विकासका योजना अघि बढाइरहेको बताए। नेकपा एमाले घेराबन्दीमा रहे पनि ढुक्क भएर जनताको काम गर्न आग्रह गरे। उनले २०८३ सालको असारमा आफूले राजीनामा गरेपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए। प्रधानमन्त्री ओलीले कर्मचारीले जनताको काम गर्नुपर्ने भन्दै पार्टीको काम गर्न कार्यकर्ता रहेको बताए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्