Artharajniti ~ काठमाडौंको शंखरापुरमा बुधबार भएको बस दुर्घटनाका मृतकको पहिचान खुलेको छ । मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका–७ घर भई हाल कपन बस्ने वर्ष ११ को क्रिसल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ घर भई हाल चाबहिल बस्ने वर्ष २४ को सुरेश तामाङ र सिन्धुपाल्चोक घर भई हाल भिमसेनगोला बस्ने वर्ष १४ को शुशाङ्का डोटेल रहेको प्रहरीले जनाएको छ । बा २ ख ७९५८ नम्बरको सुन्दरीमाइ यातायातको बस चाबहिलस्थित एसएस एकेडेमीको पिकनिका लागि नगरकोट रिजर्भमा गएको थियो । पिकनिकबाट फर्किने क्रममा बस दुर्घटनामा परेको हो । बुधबार दिउँसो पौने ५ बजेतिर कात्तिके स्थित साँखु–नगरकोट सडक खण्डमा ब्रेक फेल भएर अनियन्त्रित हुँदा दुर्घटना भएको काठमाडौँ प्रहरी परिसरका एसपी अपील बोहराले बताए । दुर्घटनामा ४० जना विद्यार्थी घाइते भएका छन् ।
शंखरापुर दुर्घटनामा मृत्यु हुने तीन विद्यार्थीको पहिचान खुल्यो
