Artharajniti ~ माघ महिनाका लागि ७ वटा वाणिज्य बैंकले ब्याजदर समायोजन गरेका छन् । बैंकहरुले प्रकाशित गरेको ब्याजदर तालिका अनुसार माघ महिनाका लागि अधिकांश बैंकले ब्याजदर स्थिर राख्दा ७ बैंकले केही घटबढ गरेका हुन् । यसरी ब्याजदर घटबढ गर्ने बैंकहरुमा कृषि विकास बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, हिमालन बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक र सिटिजन्स बैंक रहेका छन् ।
कृषि विकास बैंकले मुद्दती खाताको ब्याजदरलाई ०.५० प्रतिशत विन्दुले बढाएको छ भने बाँकी ब्याजदरलाई स्थिर राखेको छ । सिटिजन्स बैंकले माघ महिनाका लागि मुद्दती खाताको ब्याजदरलाई ०.५० प्रतिशत विन्दुले बढाएको छ । एभरेस्ट बैंकले बचतको ब्याजदरलाई ०.०५ तथा संस्थागत मुद्दती खाताको ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाएको छ । ग्लोबल आईएमई बैंकले यसपटक सबै प्रकारका खाताको ब्याजदरलाई यथावत् राखेको छ । हिमालयन बैंकले यो पटक बचत खाताको ब्याजदरलाई ०.०१ प्रतिशत विन्दुले घटाएको छ भने अरु सबै प्रकारका ब्याजदर यथावत् राखेको छ । कुमारी बैंकले यो पटक सबै प्रकारका खाताको ब्याजदरलाई यथावत् राखेको छ । लक्ष्मी सनराइज बैंकले यसपटक सबै प्रकारका खाताको ब्याजदरलाई यथावत् राखेको छ ।माछापुच्छ्रे बैंकले यसपटक मुद्दती खाताको ब्याजदरलाई ०.५० प्रतिशत विन्दुले घटाएको छ । बैंकले मंसिर महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.५० प्रतिशत ब्याज दिनेछ । नबिल बैंकले सबै प्रकारका खाताको ब्याजदरलाई स्थिर राखेको छ । यस अनुसार माघ महिनाका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.०० प्रतिशत ब्याज दिनेछ । नेपाल बैंकले सबै प्रकारका खाताको ब्याजदरलाई स्थिर राखेको छ ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) सबै प्रकारका खाताको ब्याजदरलाई स्थिर राखेको छ । यस अनुसार माघ महिनाका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.१५ प्रतिशत ब्याज दिनेछ । नेपाल एसबीआई बैंकले बचत खाताको ब्याजदरलाई स्थिर राखेको छ भने व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताको ब्याजदर ०.५० प्रतिशत विन्दुले घटाएको छ । एनआईसी एसिया बैंकले व्यीक्तगत मुद्दती खाताको ब्याजदर बढाएको छ भने अन्य खाताको ब्याजदर यथावत् राखेको छ । एनएमबि बैंकले यसपटक सबै प्रकारका खाताको ब्याजदर स्थिर राखेको छ । प्रभु बैंकले पनि यो अवधिमा ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । यस अनुसार आगामी महिना बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.१० प्रतिशत र ३.१० प्रतिशत ब्याजदर दिनेछ । राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत सबै प्रकारका खाताको ब्याजदर यथावत् राखेको छ । उक्त बैंकको ब्याजदर बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.०० प्रतिशत र ३.०० प्रतिशतलाई निरन्तरता दिएको हो । सानिमा बैंकले नयाँ महिनाका लागि सबै प्रकारका निक्षेपको खाताको ब्याजदर स्थिर राखेको छ । सिद्धार्थ बैंकले नयाँ महिनाका लागि सबै प्रकारका निक्षेपको खाताको ब्याजदर स्थिर राखेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबै प्रकारका निक्षेपको खाताको ब्याजदर स्थिर राखेको छ । माघ महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.२५ प्रतिशत र ३.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।