प्रतिनिधिसभा बैठक आज बस्दै, अधिवेशन अन्त्यको तयारी

Machchapuchchre

Artharajniti  ~  संघीय संसद‍्अन्तर्गतको प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो । बैठकमा चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीहरुबाट टेबुल गरिने सम्भावित कार्यसूची छ। सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ। यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७८ र ७९ र तेस्रो वार्षिक प्रतिवेदन २०७९र८० पेश गर्ने कार्यसूची रहेको छ। सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१३ को उपनियम ९१० बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सदस्यहरूको अनुपस्थितिको सूचनाहरू सभाको स्वीकृतिका लागि पेश गर्ने संसद सचिवालयले जनाएको छ। आजको बैठकमा शीर्ष नेताले सम्बोधन गरेपछि बर्खे अधिवेशन अन्त्य गर्ने सरकारको तयारी छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्