” नेपालले बिना कारण जलवायु परिवर्तनको असर भोग्नु परेको छ ” : महासचिव गुटेरेस

Machchapuchchre

Artharajniti  ~  संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको असर नेपालले भाग्नु परेको बताएका छन् । समुन्द्री सतहदेखि ४ हजार १ सय ३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर ९एबिसी० पुगेर उनले जलवायु परिवर्तनको मुख्य कारण विकसित राष्ट्र भएपनि त्यसको असर नेपालले भाग्नु परेको बताएका हुन् । उनले यसमा नेपालको कुनै हात नभएको बताए । नेपाली सेनाको हेलिकप्टरबाट मंगलबार अन्नपूर्ण हिमाल फेदी एबिसी पुगेका गुटेरेसले जलवायु परिवर्तनका असरबारे स्थानीयसँग कुराकानी समेत ण्गरेका थिए। स्थानीयको समस्या सुनेपछि गुटेरेसले जलवायु परिवर्तनका कारण हिमालमा रहेका हिउँ तीब्र गतिमा पग्लिरहेको बताए। हिउँ पग्लेर बाढी, पहिरोजस्ता समस्या बढेको भन्दै उनले यसले समुदायमा असर पारेको बताए। जलवायु परितर्वनका असरबारे सन्देश दिन आफू एबिसी आएको उनले बताए। अन्नपूर्ण आधार शिविरबाट फर्किएपछि गुटेरेसले पोखरामा पत्रकारहरूसँग कुरा गर्दै हिमाल र हिमनदी जोगाउन विश्व समुदायलाई अपिल गर्ने बताएका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्