स्थानीय तहका कर्मचारी १० दिनदेखि आन्दोलनमा: सेवा प्रभावित, सरकार मौन

Machchapuchchre

Artharajniti  ~  एकीकृत निजमती ऐन जारी गर्नुपर्नेलगायत माग राख्दै स्थानीय तहका कर्मचारी १० दिनदेखि आन्दोलनमा रहँदासमेत सरकारले बेवास्ता गर्दै आएको छ । काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन गरिरहेका कर्मचारीको माग सम्बोधन नहुँदा स्थानीय तहको सेवा प्रभावित भएको छ । संघीयता विज्ञ खिमलाल देवकोटाले सरकारले आन्दोलनरत् कर्मचारीलाई बार्तामा बोलाई समाधान खोज्नुपर्ने बताए । उनले स्थानीय तहको माग उचित वा अनुचित जे भए पनि बार्ता गर्नुपर्ने र प्रहरी लगाएर दवाउनु नहुनेमा जोड दिए । उनले भने– ‘संविधान विरोधी छ भने पनि वार्ता गरी ठिक र बेठिक छुट्याउनु पर्छ ।’उनले काठमाडौंको मुटुमै ट्राफिक व्यवस्थामा प्रत्यक्ष असर हुने गरी आन्दोलन हुँदा पनि सरकार मूकदर्शक भएर बस्नु नहुने धारणा व्यक्त गरे । यस्तै, संघीयमा मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले विभिन्न चरणमा छलफल भएर संघीय निजामती विधेयक मन्त्रिपरिषद्बाट पारित भई सांसदमा छलफलको क्रममा रहेकोले विधेयकमा भएको व्यवस्थाका विषयमा केही गर्न नसकिने बताए । उनले मन्त्रालयले आन्दोलनरत् कर्मचारीहरूलाई वार्ताका लागि बोलाएको र धेरै मागहरू निजामती विधेयकमा समेटिएको समेत दाबी पनि गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्