पर्यटन दिवसका दिन लुम्बिनीमा पर्यटकलाई स्वागत

Machchapuchchre

Artharajniti  ~  विश्व पर्यटन दिवसका अवसरमा बुद्वजन्मस्थल लुम्बिनीमा आज लुम्बिनीमा  पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पाे छिमे) ले चीन र फ्रान्सबाट आएका पर्यटकलाई मायादेवी प्रवेशद्वारमा स्वागत गरेको लुम्बिनी विकास काेषले जनाएको  छ। पर्यटकलाई स्वागत गर्दै उपाध्यक्ष डा. लामाले लुम्बिनी विश्व शान्तिको केन्द्र भएको बताउँदै भ्रमणका लागि आह्वान गरे। उनले विश्व पर्यटन दिवसको अवसर विश्वले बुद्द्   जन्मस्थल लुम्बिनीलाई बाैद्विष्टहरूकाे  भ्रमण केन्द्रको सुरुवात बनाउन आग्रह गरे । लुम्बिनी विकास कोष र लुम्बिनी हाेटल संघ नेपालले संयुक्त रूपमा पर्यटकलाई स्वागत गरेर दिवस मनाएका हुन् । उक्त अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सराेज भट्टराई, वरिष्ठ निर्देशक ज्ञानिन राई, लुम्बिनी हाेटल संघका अध्यक्ष गाेविन्द ज्ञवाली, कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई लगायतले पर्यटकलाई खादा र उपहार दिएर स्वागत गरेका थिए ।  सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउँदै आइएको हो । लुम्बिनीमा पछिल्लो वर्ष पर्यटकहरू बढ्दै गएको सूचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राईले जानकारी दिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्