घर किन्न वा निर्माण गर्न २ करोडसम्म ऋण पाइने

Machchapuchchre

Artharajniti   ~  चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत घर तथा आवासीय कर्जाको सीमा बढाएसँगै घर किन्न वा निर्माण गर्न दुई करोडसम्म ऋण पाउन सकिने भएको छ । केन्द्रीय बैंकले आवासीय प्रयोजनका लागि पहिलो पटक घर खरिद गर्ने व्यक्तिको लागि घर वा अपार्टमेन्ट खरिद वा घर निर्माणको लागि बैंक तथा वित्तीय संस्थाबाट २ करोड रुपैयाँसम्म आवासीय घर कर्जा लिन सकिने व्यवस्था गरेको हो । तर, यस्तो कर्जा प्रवाहमा गर्दा बैंक तथा वित्तीय संस्थाले ऋणीले राख्ने धितोको अधिकतम ७० प्रतिशत भन्दा बढी ऋण प्रवाह गर्न नहुने बताएको छ । केन्द्रीय बैंकको व्यवस्था अनुसार ऋणीले २ करोड कर्जा थाम्ने गरी धितो राख्नुपर्नेछ भने बैंक तथा वित्तीय संस्थाले ऋणीको अधिकतम धितोको ७० प्रतिशत मात्र कर्जा प्रवाह गर्नुपर्नेछ । तर यस्तो कर्जामा ब्याज वृद्धि भएमा बैंक तथा वित्तीय संस्थाले मासिक किस्ता परिवर्तन नहुने व्यवस्था गर्नुपर्ने बताइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्