साउन ३१ गतेदेखि अपि पावर कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै

Machchapuchchre

अर्थ राजनीति ~  साउन ३१ गतेदेखि अपि पावर कम्पनी लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले असार २१ गतेसम्म कायम शेयरधनीहरूका लागि यो हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले असार २२ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असार २१ गतेसम्म कायम शेयरधनीहरू मात्र आवेदन दिनका लागि योग्य भएका हुन् ।

गत चैत ६ गते हकप्रद शेयर निष्कासनका लागि बोर्डमा निवेदन पेश गरेको कम्पनीले असार ६ गते बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले हाल कायम चुक्तापूँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रूपैयाँको आधारमा १ बराबर शून्य दशमलव ४० को अनुपातमा प्रतिशेयर १०० रूपैयाँ अंकित दरको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । ४० प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात् कम्पनीको चुक्ता पूँजी ५ अर्ब ७८ करोड ६५ लाख रूपैयाँभन्दा बढी पुग्नेछ ।

हकप्रद शेयर निष्कासनका लागि गराईएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत रहेको गर्ने केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्