स्वर्गीय राजा वीरेन्द्रको ७५औं जन्मजयन्ती मनाइँदै

Machchapuchchre

काठमाडौं । स्वर्गीय राजा वीरेन्द्र बीर बिक्रम शाहको ७५औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २००२ साल पुस १४ गते जन्मिएका राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी हत्या काण्डमा मृत्यु भएको थियो ।

तत्कालीन रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिलगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय छ । राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गरेका थिए । त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्