डोनाल्ड टम्पको दावी – मबिरुद्ध महाअभियोग लाग्दैन

Machchapuchchre

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले आफूविरुद्ध महाअभियोग नलाग्ने दावी गरेका छन् । अमेरिकी संसदमा राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाउने वा नलगाउने भन्ने बारेमा सार्वजनिक सुनुवाइ भइरहेका बेला यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

एक टेलिभिजन अन्र्वार्ताका क्रममा राष्ट्रपति टम्पले आफूमाथि लगाइएका आरोपमा सत्यता नभएको दावी गरेका हुन् । उनले युक्रेनलाई आफ्ना राजनीतिक प्रतिद्वन्द्वदीमाथि छानविन गर्न दवाव दिइएको भन्ने आरोपमा सत्यता नभएको दोहार्‍याए । जो वाइडेनविरुद्ध छानविनका लागि राष्ट्रपति टम्पले युक्रेनमाथि दवाव दिएको भन्दै संसदको तल्लो सदनले महाअभियागका लागि प्रमाण जुटाउन सार्वजनिक सुनुवाइ गरिरहेको छ ।

यसअघि युक्रेनका लागि अमेरिकी राजदुत मेरी यावानिचले आफूमाथि अनावश्यक आरोपलगाएको प्रतिक्रिया दिएका छन् । उनले राजदुत यावानिचले राम्रो काम नगरेकाले फिर्ता बोलाइएकोसमेत दावी गरेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ । ट्रम्पमाथिको छानविनका लागि संसदीय समितिले विभिन्न व्यक्तिहरुसँग छलफल गरिरहेको छ । राष्ट्रपति ट्रम्पमाथि युक्रेनका राष्ट्रपति बोल्डामिर जेलेन्स्कीसँग पटक पटक टेलिफोन संवाद भएको आरोप लागेको छ ।

जसमा आफ्ना समकक्षी पूर्व अमेरिकी उपराष्ट्रपति जो बिडेन र उहाँका छोरा हन्टरमाथि अनुसन्धान गर्न दवाव दिएको बताइएको छ । युक्रेनका रहेको एक ग्यास कम्पनी जो बिडेनका छोरा सञ्चालक रहेका छन् । बिडेन आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वार बन्ने चर्चा चेलसँगै ट्रम्पले उहाँमाथि छानविन गर्न दवाव दिएको विपक्षीहरुको आरोप छ ।(एजेन्सी)

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्