धान्नसक्ने आर्थिक स्रोत छैन, लोकसेवाबाट आएका कर्मचारी नपठाउनु- स्थानीय निकाय

Machchapuchchre

काठमाडौं ।कतिपय स्थानिय तहले कर्मचारी नपठाउन आग्रह गरेका छन् । लोकसेवाबाट आएका कर्मचारीलाई धान्न सक्ने स्थानिय तहको आर्थिक स्रोत नरहेकाले स्थानिय तहले कर्मचारी रोकिदिन माग गरेका हुन् ।

मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले केही स्थानीय तहले मौखिक रूपमा र केहीले लिखित रूपमै मन्त्रालयसाग यस्तो आग्रह गरेको बताएका छन् । मन्त्रालयले भने सिफारिस रोक्न सम्भव नहुने स्पष्ट पारिसकेको छ । तर, कति स्थानीय तहले यस्तो जानकारी गराए भन्ने सम्बन्धमा यकिन तथ्यांक मन्त्रालयसाग रहेको छैन ।

लोकसेवामार्फत सिफारिस भएका उम्मदेवारलाई सिफारिस भएको पदमा नियुक्ति दिई पदस्थापना गराउन मन्त्रालयले स्थानीय तहलाई कडा निर्देशन दिएको बताइएको छ । पदस्थापना गर्दा स्वीकृत संगठन संरचना एवं दरबन्दी बाहिर हुने भएमा मात्र त्यस्ता पदका सम्बन्धमा कुनकुन पदको कुनकुन तहमा कर्मचारी बढी हुने हो सोको जानकारी गराउन परिपत्र गरिसकेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्