ओलीसँगको मिलेमतोमा नै भारतले नक्सा सार्वजनिक गरेको हो – देउवा

Machchapuchchre

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर नक्सा छापेको आरोप लगाएका छन् । पोखरामा शनिबार भएको चुनावी सभामा सभापति देउवाले ओलीसँग सल्लाह नगरी भारतले नक्सा छाप्नै नसक्ने दाबी गरेका हुन् ।

सओलीले यसअघि राष्ट्रवादको नाममा जनतालाई उल्लु बनाएर चुनाव जितेको भन्दै देउवाले ओलीको राष्ट्रवादले अहिले कालापानीमा घुँडा टेकेको बताए । देउवाले भने, ‘ओलीको राष्ट्रवाद कालापानीमा लम्पसारवाद भएको छ ।’ लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग भएको भन्दै दर्उवाले भने, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो। सन्धीमै महाकाली पूर्व नेपाल उल्लेख छ। महाकालीको पानी पनि आधा हक लाग्छ ।’

उनले ओली सरकार राष्ट्रवादी सरकार नभएको र जताततै भ्रष्टार बढाउने काम सरकारले गरेको आरोपसमेत लगाए । देउवाले कांग्रेसले आशन्न उपनिर्वाचन जितेर सरकारका पक्षमा जनमत छैन भन्ने सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन चाहेको बताएका छन्। उनले केपी ओली सरकारलाई तिमी गलत बाटोमा छौं, अब सच्चिनुपर्छ भन्नकै लागि पनि यो उपनिर्वाचन कांग्रेसले जित्न आवश्यक रहेको स्पष्ट पारे।

सभापति देउवाले कम्युनिष्ट सरकारले जनताका हक अधिकार खोस्ने काम गरेको, न्यायालय, प्रेस, संवैधानिक अंगहरूमा हस्तक्षेप गर्न उद्धत रहेको आरोप लगाए। सभापति देउवाले जनताले थेग्नै नसक्ने गरी कर वृद्धि गर्ने सरकारको कदमलाई सच्याउन पनि यो निर्वाचनमा कांग्रेसलाई जिताउनुपर्नेमा जोड दिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्