कार्यविभाजनपछि अब पार्टीमा कुनै कन्फुजन छैन, बाटो साफ छ – प्रचण्ड

Machchapuchchre

बाग्लुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा अब कुनै अलमल नरहेको बताएका छन् । हालै भएको दुई अध्यक्षको कार्यविभाजनसँगै एक अध्यक्ष सरकारतिर र अर्को पार्टीमा केन्दि्रत हुने उनले बताए ।

‘एक जनाले सरकार हाँक्ने र एक जनाले पार्टी हाँक्ने टुंगो लागेको छ,’ प्रचण्डले भने भने, ‘अब पार्टीमा कुनै कन्फ्युजन छैन।’ प्रचण्डले कालापानी क्षेत्रका नेपाली भूभागलाई आफ्नो नक्सामा समेट्ने भारतको कदमलाई नेकपा र सरकारले गम्भीर रुपामा लिएको बताए । यो मान्य छैन र यसका निम्ति जुनसुकै पहल गर्न आफूहरु तयार रहेको भनेर सरकारले प्रष्ट पारेको र त्यसअनुसार परराष्ट्र मन्त्रालयले पत्रचार पनि गरेको बताए ।

बाग्लुङ २ ख को उपचुनावमा नेकपाले समर्थन गरेको राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीलाई भोट माग्दै उनले विकासे आयोजनाहरुको आश्वासन दिए । उत्तरगंगा जलाशययुक्त विद्युत आयोजना अगाडि बढाउने, सालझण्डी ढोरपाटन दगायतका सडक निर्माण र स्तरोन्नतीका लागि पहल गर्ने उनले बताए ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्