अर्थ राजनीति ~ बैंकिङ प्रणलीमा तरलता सहज भएसँगै अल्पकालीन ब्याजदर क्रमशः घट्दै गएको छ । गत १० साउनमा ९१ दिन अवधिको ट्रेजरी बिलमा १३.९९९८ प्रतिशसम्म ब्याजदरमा बोलकबोल पेश गरेका बैंकहरुले अब भने ब्याजदर घटाउँदै लगेका छन् । नेपाल राष्ट्र बैंकले ८.५ प्रतिशत बैंकदर कायम राख्दा पनि १७ माघ बिहीबार २८ दिन अवधिको ट्रेजरी बिल न्यूनतम ५.३७ प्रतिशत डिस्काउन्ट रेटमा नै बैंकहरुले बोलकबोल पेश गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । मंगलबार २८ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल भएकोमा डिस्काउन्ट रेट औसत ५.९० प्रतिशत कायम हुँदा अधिकतम ७.४५ प्रतिशत कायम भएको छ । यस्तै मंगलबार नै ९१ दिन अवधिको ५ अर्ब १० करोडको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल भएकोमा त्यसको ब्याजदर पनि अघिल्लो साताको भन्दा घटेको छ । गत साता १० माघमा ९१ दिनको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट ९.८१७२ प्रतिशत रहेकोमा मंगलबार घटेर ९.१८७९ प्रतिशतमा झरको छ । मंगलबार ९१ दिनको ट्रेजरी बिलको डिस्काउन्ट रेट अधिकतम १०.०४९१ प्रतिशत र न्यूनतम ८.२४६६ प्रतिशतसम्म कायम भएको छ । १८२ दिन र ३६४ दिन अवधिको ट्रेजरी बिलको ब्याजदर भने अझै पनि दोहोरो अंकमा रहेको छ ।
यसले बैंकहरु छोटो अवधिका लागि तरलता सहज भएपनि केही महिनामा नै तरलतामा दबाब पार्नसक्ने विश्लेषणमा रहेको देखाउँछ । मंगलबार १८२ दिनको ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुँदा औसत डिस्काउन्ट रेट १०.३६८४ प्रतिशत कायम भएको छ । गरिन्छ । एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र नै ट्रेजरी बिल हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।गत आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासपछि बैंकिङ प्रणालीमा देखिएको तरलता अभवासँगै सरकारी ऋणपत्रको ब्याजदर दोहोरो अंकमा पुगेको थियो । पछिल्लो समय बैंकहरुको आधारदर सँगै बेसरेटमा भएको वृद्धिले कर्जाको माग नहुनु र निक्षेप बढ्दै जाँदा बैंकहरुमा तरलता सहज अवस्थामा छ । १६ माघमा बैंकहरुको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८६.४६ प्रतिशत छ । यस्तै अन्तर बैंक ब्याजदर ४.०९ प्रतिशत रहेको छ ।