‘पाँच वर्षपछि डडेल्धुराबाटै लड्छु, हारें भने सक्रिय राजनीति त्याग्छु’ : सागर ढकाल

Machchapuchchre

अर्थ राजनीति  ~  शेरबहादुर देउवाले चुनाव जित्नु समाचार होइन, उनलाई कसले कसरी चुनौती दियो भन्नेचाहिँ समाचार हो । हामीले चुनावअघि एउटा स्थलगत रिपोर्टमा लेखेका थियौं– डडेलधुरामा धेरैजना उम्मेदवार उठ्छन्, अन्तिममा देउवाले जित्छन् । यसपल्ट पनि त्यस्तै भयो । निकटतम प्रतिष्पर्धीभन्दा झन्डै दोब्बर मतान्तरमा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले सातौंपल्ट चुनाव जिते ।यसपल्ट निकटतम् प्रतिष्पर्धी भने उनकै अपेक्षा विपरीतका उम्मेदवार थिए– गुल्मीका सागर ढकाल । यसभन्दा अघिल्लोपल्ट प्रधानमन्त्री छँदा उनै शेरबहादुर देउवासँग टिभी शोमा योग्य जनप्रतिनिधि खोई भन्दै ‘बढ्ता बोलेर’ चर्चामा आएका सागर ढकाल कालान्तरमा उनकै विरुद्ध डडेलधुरामा चुनाव लड्न गए । चुनाव त देउवासँग लामो सहकार्यमा रहेका कर्णबहादुर मल्लले पनि लडेका थिए । उनी यसकारण पनि चर्चामा थिए– एमाले अध्यक्ष केपी ओलीले सुदूरपश्चिम नै गएर आफ्नो दलको समर्थन मल्ललाई रहने घोषणा गरेका थिए ।

तर यो पनि खासै समाचार होइन । समाचार उनै सागर ढकाल हुन्, जसले गुल्मीबाट डडेलधुरा गएर विभिन्न अभियानहरू चलाए । उनले देउवाले ल्याएको २५ हजार ५३४ विरुद्ध सागरले पाएको १३ हजार ४२ मत यो चुनावको उल्लेख्य पक्ष हो । चुनाव अघिसम्म देउवाका खास प्रतिष्पर्धी ठानिएका कर्णबहादुर मल्लले भने ७ हजार ५३५ मात्रै पाए । सुई चिह्नबाट लडेका स्वतन्त्र उम्मेदवार सागर ढकालसँग  भन्छन् : ” मैले जुन आँट गर्नुपर्ने हो, गरें । धेरै युवाहरूले यसपल्ट आँट गरेका छन् । काठमाडौंमा तोसिमा, सोविता, चितवनमा रविहरूले पाउँदै गरेको जीत मेरो पनि जीत हो । देउवा बाहेक अरु उम्मेदवार कांग्रेसबाट आएको भए मैले पनि सहजै जित्थें । यत्रो राज्यशक्तिको स्रोत पैसा खर्च गरेर चुनाव लड्ने कांग्रेसमा सायद देउवा मात्रै एक्लो हुनुहोला । गगन थापा, प्रकाशमान सिंहजस्तै आचारसंहिता पालना गरेर लडेको भए, गाउँगाउँमा हेलिकोप्टरबाट आएर खसी नकाटेको भए, अनि सागर गुल्मी गयो भनेर अफबाह नफैलाएको भए मैले जित्थें। “

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्