डडेल्धुरामा प्रधानमन्त्री देउवालाई ४५८० को अग्रता

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो अग्रता बढाउँदै लगेका छन् । १९ हजार ५९६ मत गणना भइसक्दा देउवाले  ९ हजार ७७३ मत पाएका छन् । उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले ५ हजार १९३ मत पाएका छन् । हिजोसम्म दोस्रो स्थानमा रहेका नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्ल आज भने तेस्रो स्थानमा छन् । उनले २ हजार ६९४ मत पाएका छन् ।  देउवाले सुरूवाती चरणदेखि नै आफ्नो अग्रता कायम राखेका थिए । गणना बढाउँदै गर्दा उनले आफ्नो अग्रतालाई समेत बढाउँदै लगेका छन् । ढकालको मत कम देखिएपछि सामाजिक सञ्जालमा डडेल्धुराबासीलाई अनावश्यक लेख्न थालिएको छ । त्यसरी अनावश्यक कुरा लेखेर डडेल्धुरावासीलाई गाली गर्न थालेपछि ढकालले त्यस्तो नगर्न अनुरोध गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले त्यस्तो नगर्न आग्रह गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्