अर्थ राजनीति ~ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी राजनीतिक दलमा रहेको भन्दै कुनै पनि राजनीतिक दलमा रहेको व्यक्ति नेपाल राष्ट्र बैंकको गभर्नर हुन नमिल्ने भन्दै बिरोध प्रदर्शन गर्न लागेका हुन्।
आन्दोलनकै घोषणा गरेका विद्यार्थी संगठनले भोलि साउन ५ मा प्रज्ञा भवन डबलीमा कार्टुन प्रदर्शन गर्ने, साउन ६ मा क्याम्पसहरूमा विरोध प्रदर्शन र साउन ७ मा गभर्नर बर्खास्तीका लागि सांसदलाई दबाब दिन सडकबाट सन्देश पठाउने कार्यक्रम तय भएको नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियु अध्यक्ष सुदेश पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उनीहरूले गभर्नर अधिकारीको राजीनामा माग गर्दै आएका छन्। आज बालुवाटारस्थित नेपाल राष्ट्र बैंकअघि कालो ब्यानर टाँसेर बिरोध जनाउने कार्यक्रम छ।