संघीय संसद प्रतिनिधिसभाको बैठक बस्दै

Machchapuchchre

अर्थ राजनीति  ~  प्रतिनिधि सभाको बैठक बिहान ११ बजे शुरू हुनेछ। संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ।

राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले राष्ट्रिय सभामा उत्पत्ति भएको महिला तथा सामाजिक समितिको प्रतिवेदन सहितको ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नेछिन्।

यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको विकास तथा प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नेछन्।

यस्तै मन्त्री रेग्मीले राष्ट्रिय सभामा उत्पत्ति भएको ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७६ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

त्यस्तै आज १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

वन तथा वातावरण मन्त्री प्रदीप यादवले “ग्लोबल ग्रिन ग्रोध इस्टिच्युटको सहभागितामुलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस्” भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूची रहेको छ।

उनले ग्लोवल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतालाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्