सडकको दुर्दशा,सिमेन्ट उद्योगले पालना गरेनन् सहमति,

Machchapuchchre

अर्थ राजनीति  ~ सडकभरि जताततै खाडल, तिनै खाडलमा कतै ढुुङ्गामाटो, कतै रातो माटोको थुप्रो छ । सिमेन्ट उद्योगका सयौँ टिपरले महिनादिन नपुग्दै कालोपत्रे सडक भत्काएपछि खाल्डो पुर्न यसरी सडकमा माटो थुपारिएको हो ।

निर्माण सम्पन्न नहुँदै सिमेन्ट उद्योगका चुनढुङ्गा ढुवानी गर्ने सयौँ टिपर दौडन थालेपछि कालोपत्रे सडक महिनादिनमै भत्कियो । लामो रस्साकस्सीपछि सडक मर्मतको काम सुरु गर्न थालिएको भए पनि अहिले खाल्डामा माटो भर्ने काममात्र गरेर स्थानीयवासीलाई अलमल्याउने काम भएको पीडित बासिन्दा बताउँछन् ।

बंगलाचुुली वडा नंं ३, कमिरेचौरका नोखीराम विकले भने, ‘कालोपत्रे सडक भत्किएपछि खाल्डा पुर्न माटो हालिएको छ, जसले गर्दा वर्षामा हिलो र घाम लाग्दा धुलोको सास्ती छ ।

सडक तथा खानी प्रभावितदेखि स्थानीय सरकारसम्मले सडक मर्मतसम्भार, धुलोधुँवा नियन्त्रणको माग राख्दै सो सडकमा टिपर सञ्चालनमा रोक लगाए । सुरुमा स्थानीयवासी र स्थानीय सरकारको मागप्रति बेवास्ता गरेका सिमेन्ट उद्योगले असार लागेसँगै सडक मर्मत गर्ने सम्झौता कार्यान्वयनका लागि चासो देखाए । तर सम्झौताअनुसार सिमेन्ट उद्योगले ग्राभेल बिछ्याएर सडक मर्मत गर्नुपर्नेमा छेउछाउको  ढुुङ्गामाटाले खाल्डा पुर्न थालेपछि स्थानीयवासी झन् पीडित हुन पुगेका छन् ।

मदनभण्डारी राजमार्ग अन्तर्गत पर्ने घोराही–मुुर्कुुटी सडक ३३ करोड लागतमा लुम्बिनी जलजला जेभीले कालोपत्रे गरेको हो । उक्त सडकखण्ड अन्तर्गत १९ किलोमिटर सडक कालोपत्रेको काम ०७८ चैत मसान्तसम्ममा सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोकिएको थियो । निर्माण कम्पनीले उक्त सडक निर्माणको काम ०७७ असारसम्म ८१ प्रतिशत भ्याइसकेको थियो ।

कि सम्झौता कार्यान्वयन गर, कि खानी र टिपर बन्द गर’

सिमेन्ट उद्योगहरूले खानी प्रभावित क्षेत्रका बासिन्दासँग गरेको सम्झौता कार्यान्वयन हुनुपर्ने स्थानीयवासी बताउँछन् । कि सम्झौता कार्यान्वयन गर्नुपर्ने कि त खानी र टिपर नै बन्द गर्नुपर्ने आफूहरूको माग रहेको उनीहरूले बताए ।

सोमबार खानी तथा टिपर प्रभावित स्थानीयवासीले भेला आयोजना गरेर यस्तो माग राखेका हुन् । उद्योगहरूले दादागिरी शैलीमा आफूहरूको जनस्वास्थ्यमाथि खेलवाड गर्दै सडक मर्मतसम्भार, धुलोहिलो नियन्त्रण तथा तापाचोकदेखि खानीसम्मको करिव ३ किलोमिटर सडक कालोपत्रे काम पूरा नगरी टिपर सञ्चालन गरिरहेको उनीहरुको आरोप छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्