अर्थ राजनीति ~ नेपाली कांग्रेसको बैठक आज बस्ने भएको छ।
आज दिउँसो १ बजे सहमहामन्त्री जीवन परियारले सानेपामा पार्टी केन्द्रीय कार्यालय पदाधिकारी बैठक बस्ने बताए।
भ्रातृ संस्थाका विधानबारे केही समयदेखि कांग्रेसले पदाधिकारी बैठकमा छलफल गर्दै आएको छ।
कांग्रेसले भातृ तथा शुभेच्छुक संस्थाका विधानबारे अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो नेता एनपी साउदको संयोजकत्वमा। उक्त समितिले पार्टीमा प्रतिवेदन बुझाइसकेको छ। यो प्रतिवेदनमा केन्द्रित रहेर अन्तिम रूप दिनका लागि पदाधिकारी बैठक बस्ने भएको हो।
नेविसंघलगायत चार भ्रातृ संस्थामा केन्द्रीय समितिले दिएको अधिकारअनुसार सभापति शेरबहादुर देउवाले अध्यक्ष मात्रै तोकेका छन्।कांग्रेसका अधिकांश भ्रातृ संस्थाले महाधिवेशन गर्न सकेका छैनन्
उक्त बैठकमा भ्रातृ तथा शुभेच्छुक संघसंस्थाबारे छलफल हुनेछ। केही नयाँ संस्था तथा शुभेच्छुकले भ्रातृ तथा शुभेच्छुक संस्थाको मान्यता दिनुपर्ने माग गरिहेका छन्। कांग्रेसले सोमबारका लागि केन्द्रीय कार्यसमिति बैठक राखेको छ
यसअघि पदाधिकारी बैठकमा सभापति देउवा उपस्थित भएका थिएनन् । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पदाधिकारी बैठक बस्ने गरेको छ।
भ्रातृ संस्थामध्ये अधिकांश महाधिवेशन हुन नसकेर तदर्थ समितिका भरमा छन्। यस्तै कांग्रेसले पाँच भ्रातृ तथा केही शुभेच्छुक संस्था थप गर्ने गृहकार्य पनि गरेको छ । कांग्रेसमा अहिले १३ भ्रातृ र १८ शुभेच्छुक संस्था छ