अर्थ राजनीति ~ नेकपा माओवादी केन्द्रको समिति बैठक सुरू भएको छ।
मंगलबार र बुधबार स्थगित भएको बैठक आज प्रज्ञा भवन कमलादीमा सुरू भएको हो।
अध्यक्ष प्रचण्ड’ले असार १९ र २० गते केन्द्रीय सदस्यहरूले राखेका जिज्ञासा र धारणाहरूमाथि केन्द्रित रहेर जवाफ दिनेछन्।
प्रचण्डले सकेसम्म सहमतिमै पदाधिकारी चयन गर्ने बताइरहेका छन्। उनले आफूले प्रस्ताव गरेका नाममा मतदानमा नजान पनि आग्रह गरेका थिए।
माओवादीले गत पुसमा महाधिवेशन गरे पनि अहिलेसम्म पदाधिकारी टुंगो लगाउन सकेको छैन।