श्रीलंकामा इन्धनको मौज्दात अब एक दिनलाई मात्रै बाँकी

Machchapuchchre

अर्थ राजनीति  ~  श्रीलंकामा इन्धनको मौज्दात एक दिनलाई मात्रै बाँकी रहेपछि हाहाकार मच्चिएको छ । विदेशी मुद्राको अभावमा लामो समयदेखि इन्धन आपूर्ति गर्न नसकेकाले अब एक दिनका लागि मात्रै इन्धन बाँकी रहेको र त्यसपछि आकस्मिक प्रयोगका लागि पनि इन्धन नरहने त्यहाँको ऊर्जा मन्त्रालयले जनाएको छ । राजधानी कोलम्बोसहित देशभरका पेट्रोल पम्पहरूमा तेल भर्ने पालो पर्खेर बसेका सवारी साधनको लामो लाइन लागेको छ । तर पेट्रोल पम्पहरूले पहिले नै सुख्खा लागेको जनाइएकाे छ । देशभर रहेका चार हजार पम्पहरूमा अब एक दिनका लागि पुग्ने तेल मात्रै बाँकी रहेको ऊर्जामन्त्री कञ्चना विजेसेखेराले बताएका छन् । सरकारले पछिल्लो पटक खरिद गरेको तेल आइपुग्न अझै दुई साता लाग्ने छ । इन्धनको अभाव भएपछि साेमबारदेखि लागू हुने गरी देशभरका विद्यालयहरू समेत बन्द गरिएको छ । तत्कालका लागि एक साता विद्यालयहरू बन्द गर्ने र घरबाटै अनलाइन कक्षा लिन भनिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्