सन्राइज बैंकद्वारा २५०० भन्दा बढीलाई वित्तीय साक्षरता प्रदान

Machchapuchchre

अर्थ राजनति   ~   सन्राइज बैंकले नेपालका सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नागरिकहरुमा बैंकिङ सेवा सुविधाको बारेमा जनचेतना कम रहेको भन्दै बैंकले देशव्यापी रुपमा वित्तीय साक्षरता सञ्चालन गरेको जनाएको छ । बैंकले गण्डकी प्रदेशमा बागलुङ, सुन्दर बजार र कावासोती, लुम्बिनी प्रदेशमा सुनबल, नेपालगञ्ज र भैरहवा, कर्णाली प्रदेशमा विरेन्द्रनगर र जुम्लार सुदूरपश्चिम प्रदेशमा धनगढी, महेन्द्रनगर र डडेलधुरामा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो । केही समय अघि मात्रै पनि बैंकले प्रदेश १, मधेश प्रदेश र बाग्मती प्रदेशमा साक्षरता कार्यक्रम गरीसकेको जनाएको छ । अभियानअन्र्तगत बैंकले यसै वर्ष मात्र २५०० भन्दा बढी महिला, साना व्यवसायी तथा विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्