बाहिर बेस भएका कम्पनीलाई काठमाडौंबाट उडान गर्न रोक

Machchapuchchre

अर्थ राजनीति  ~  उपत्यका बाहिर बेस भएका हवाई जहाज र हेलिकोप्टरलाई काठमाडौंबाट उडान गर्न रोकेपछि वायुसेवा संचालकले बुधबारदेखि आन्तरिक उडान ठप्प पार्ने निर्णय गरेका छन्। बैठकमा पूर्व तयारीविना नै नेपाल नागरिक उड्डयन प्राधिकरणले धमाधम उडान रोक्न थालेपछि संघको आकस्मिक बैठकले यो निर्णय गरेको हो। संघका एक पदाधिकारीका अनुसार प्राधिकरणको निर्णयविरुद्ध बुधबारदेखि आन्तरिकतर्फका सबै उडान रोक्ने निर्णय भएको छ। ‘सामान्य समय नदिई प्राधिकरणले उडान रोक्न थालेको छ। यसले उद्धार उडान समेत रोकिएपछि हामी आकस्मिक बैठक बसेर बुधबारदेखि सबै उडान रोक्ने निष्कर्षमा पुगेका हौं,’ उनले भने, ‘अत्यावश्यक सेवा बन्द गर्ने हाम्रो मनसाय होइन। तर सरकारी निर्णयले बाध्यात्मक अवस्था सिर्जना भयो।’ संघले सरकारको निर्णयविरुद्धमा उडान रोक्ने बारेमा अहिले केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी दिँदैछ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्