अर्थ राजनीति ~ कामना सेवा विकास बैंकले काठमाडौँ महानगरपालिका भित्र रहेका ८ वटा शाखा कार्यालयहरूका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिने भएको छ । सोमबार बैंकले काठमाडौँ महानगरपालिकसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । नगर कार्यपालिकाको जेठ १६ को निर्णयानुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउन गरेको काठमाडौँ महानगरको आह्वान अनुरुप बैंकले आफ्नो ऐक्यबद्धता जनाएको हो । सार्वजनिक प्रयोगका लागि सञ्चालनमा ल्याउने सार्वजनिक शौचालयको सरसफाई र आवश्यक सामानहरुको व्यवस्था बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वयंले गर्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिण बस्नेतले महानगरका नवनिर्वाचित मेयरको काठमाडौंलाई व्यवस्थित गर्ने नीतिअनुरुप बैंकले पनि एक्यबद्धता जनाएको बताए ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति