अर्थतन्त्र असहज अवस्थामा रहेको उद्योग मन्त्रीको स्वीकारोक्ति

Machchapuchchre Bank

अर्थ राजनीति ~  उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडुले अर्थतन्त्र सहज अवस्थामा नभएको बताएका छन्। उनले निर्यात ब्यापारभन्दा आयात निक्कै ठूलो हुँदा समस्या आएको बताए। नेपाल उद्योग परिसंघले सोमबार आयोजना गरेको एक कार्यक्रममा प्रमुख वक्ताका रुपमा बोल्दै बडुले ‘हामीहरु जुन कुरामा आत्मानिर्भर हुन सक्थ्यौं त्यसमा पनि हुन सकेनौं’ भनेका छन्। ‘आफ्नो उत्पादन बढाउनु पर्छ। यसका लागि निजी क्षेत्रसँग निरन्तर छलफलमा छौं। हामीले औद्योगिक ग्राम सुरु गरेका छौ। हरेक प्रदेशमा औद्योगिक क्षेत्र निर्माण गर्ने योजना बनाएका छौं,’ उनले भने, ‘केही औद्योगिक क्षेत्र संचालनमा पनि आएको छ। केही औद्योगिक क्षेत्र संचालन गर्न असहज छ।’उनले आज रुद्रपुर औद्योगिक क्षेत्र नमुनाका रुपमा अघि बढेको बताए। उद्योगमन्त्री बडुले २५ बर्षमा निकै प्रगति भइसकेको भएपनि अझै केही कुरा सिक्न बाँकी रहेको बताए। उनले आन्तरिक उत्पादन बढाउन निजी क्षेत्र नै अघि बढ्नु पर्ने चर्चा गरे। ‘सरकारको तर्फबाट के गर्नुपर्छ म तयार छु। उपभोग बढाउन उत्पादन प्रतिस्पर्धि पनि बनाउनु पर्छ। अब एउटा अभियान चलाउन आवश्यक छ। यसको लागि मन्त्रालयले तयारी गरिरहेको छ। परिणाम निकाल्न समय लाग्छ,’ उनले भने, ‘यो कुरा बजेटमा पनि समावेश हुन्छ। स्वदेशी अभियान रास्ट्रिय स्वाभिमानको पनि कुरा हो। रुग्ण उद्योग निजी क्षेत्रको सहभागिताका आधारमा संचालन गर्नेछौ। मन्त्रालयको टिम यसमा लागेको छ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्