काठमाडौं महानगरपालिकाको १ लाख ६ हजार ५१६ मतगणना सकियो

Machchapuchchre

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाको आइतबार मध्याह्नसम्म १ लाख ६ हजार ५१६ मतगणना सम्पन्न भएको छ । सहायक निर्वाचन अधिकृत प्रेम प्रसाद पौडेलले १ लाख ६ हजार ५१६ मतगणना सम्पन्न हुँदा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेको जानकारी दिए । उनका अनुसार साहले ३८ हजार ८९४ मत प्राप्त गरेका छन् । यस्तै दोस्रो स्थानमा नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठले २१ हजार ५३८ मत पाएकी छन् भने तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार केशव स्थापितले २० हजार ९६५ मत पाएका छन् । यसैगरी विवेकशील साझाकी समीक्षा अधिकारीले ४१५ मत पाएकी छन् । यस्तै राप्रपाका उम्मेदवार मदन दास श्रेष्ठ  ३ हजार ४२९ मत पाएका छन् । ​उपमेयरमा एमालेकी सुनिता डंगोलले ३८ हजार ३५१ मत पाउँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका रामेश्वर श्रेष्ठले १३ हजार ४३१ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवार ७ हजार २३ मत पाएको पौडेलले जानकारी दिए । राजधानीको राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाको मतगणना हुँदै आएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्