भरतपुरमा रेनु दाहालको अग्रता कायमै

Machchapuchchre

अर्थ राजनीति  ~  चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायमै छ । हालसम्म ९२ हजार १२८ मतगणना हुँदा रेनुले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीसँग ७ हजार ८५४ मतको अग्रता लिनुभएको छ । दाहालले ३६ हजार २७२ मत प्राप्त गर्दा नेकपा एमालेका विजय सुवेदीले २८ हजार ४१८ मत पाउनु भएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ९४ मत प्राप्त गर्नुभएको छ । यस्तै, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ३८ हजार ३८५ मत पाउँदा राप्रपाकी हिमला गुरुङले २२ हजार ४२७ मत पाउनु भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्