अर्थ राजनीति ~ अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थव्यवस्था श्रीलंका जस्तो हुन नदिने गरी सुधारको काम गरिरहेको दावी गर्नुभएको छ । नेपाल उद्योग परिसंघ (सिएनआई) को प्रतिनिधिमण्डलसँगको भेटमा आज (साेमबार) उहाँले आगामी बजेट मार्फत अर्थतन्त्रको अहिलेको समस्यालाई सम्बोधन गर्ने र नजिता देखिने गरी सुधार गर्ने बताउनुभएकाे हाे । सो अवसरमा सिएनआईका प्रतिनिधिहरुले नेपालको वर्तमान आर्थिक अवस्थाका विषयमा धारणा राख्दै मुख्य–मुख्य सूचकाङ्कमा श्रीलंका नेपाल भन्दा धेरै मजबुत रहेको दावी गरेका छन् । नेपालको वास्तविक ऋण १४ दशमलव ५६ विलियन डलर र श्रीलंकाको ८९ दशमलव ५ बिलियन डलर रहेकोले अहिलेकै अवस्थामा सजक रहने हो भने मुलुक सामान्य अवस्थामै रहने उनीहरुको भनाइ छ । सिएनआई अध्यक्ष विष्णुकुमार अग्रवालले विदेशी मुद्राको संचितीमा परेको चापबाट माथि उठ्न आयातमा प्रतिबन्ध लगाउनुको सट्टा करको दर बढाउने तथा आयातका लागि लिइने ऋणको ब्याजदर हेरफेर गर्नुपर्ने सुझाव दिएका छन् ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति