अर्थ राजनीति ~ सुनचाँदीको कारोबार मूल्यमा तीन दिनपछि झिनो वृद्धि भएको छ। सुन तोलामा १०० र चाँदी ५ रुपैयाँ बढेको छ। सोमबारका लागि सुन प्रतितोला कारोबार मूल्य ९२ हजार ६ सय र चाँदी १२ सय ५५ रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबार सुन प्रतितोला ९२ हजार ५ सय र चाँदी १२ सय ५० रुपैयाँ प्रतितोला भएको थियो। आइतबार उक्त मूल्य स्थिर रह्यो। अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको कारोबार सुस्त देखिएको छ। केही दिनयता ठूलो अंकको घटबढ भइरहेको छैन। सुनको मूल्यले क्रमिक बलियो हुने संकेत गरे पनि वृद्धि झिनो छ। अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १८१०.१० डलरले कारोबार भइरहेको छ।सोमबार केही वृद्धि देखिए पनि घटबढको तथ्यांक हेर्दा कारोबार मूल्य बलियो भइरहेमा विश्वास गर्न सकिने अवस्था छैन।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति