अर्थ राजनीति ~ नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफु आउँदो महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने इच्छा र चाहाना नरहेको बताएका छन् । बुधबार ललिता निवास जग्गा प्रकरणबारे प्रस्टिकरण दिन आयोजित पत्रकार सम्मेलनमा गच्छदारले १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार नहुने बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘लोकतान्त्रिक फोरमबाट काँग्रेस बलियो बनाउन आएको हुँ । म नेपाली काँग्रेसको कुनै गुटमा आएको होइन । मेरो लागि शेरबहादुर देउवा र रामचन्द्र पौडेल सम्मानित नेता हुनुहुन्छ ।’ आफू नेपाली काँग्रेसकै पक्षमा उभिएको बताउँदै उनले भने, ‘मेरो नेपाली काँग्रेसको सभापतिमा प्रतिस्पर्धा छैन । म सभापतिको उम्मेदवार होइन । सभापतिमा प्रतिस्पर्धा गर्दिन । महाधिवेशन सबैका लागि हाे । मेराे लागि पनि हाे ।’ काँग्रेसकाे १४ औँ महाधिवेशन लोकतान्त्रिक विधि पद्धतिमा सम्पन्न हुनेमा उनले विश्वास व्यक्त गरे । त्यसका लागि नेताहरुलाई आफूलाई आग्रह गरेकाे उनले बताए । कुन पदमा उमेद्वारी दिनुहुन्छ भन्ने सञ्चारकर्मो प्रश्नमा उनले समय आएपछि निर्णय लने बताए । उनले ललिता निवास प्रकरणमा आफु अदालतमा उपस्थित हुनु र प्रधानमन्त्रीमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु संयोगमात्र भएको दावी गरेका थिए ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति