विद्यालय धमाधम खुल्न थाले, बालबालिकालाई खोप कहिले ?

Machchapuchchre

अर्थ राजनीति  ~  कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने चेतावनी विज्ञहरुले दिँदै आएको अवस्थामा विद्यालयहरु धमाधम खुल्न थालेको छ । हिन्दुहरुको महान् चाड बडा दसैँका लागि तीन सातामात्र बाँकी रहँदा काठमाडौं उपत्यकासँगै देशका ठुला शहरमा विद्यालयमा भौतिक उपस्थितिमै पठनपाठन सुरु हुन थालेको छ । त्यसो त, सरकारले बालबालिकाका लागि पनि कोरोनाविरुद्धको खोपलाई प्राथमिकतामा राखेको बताउँदै आए पनि त्यस्तो खोपको सुनिश्चितता गर्न सकेको छैन । सरकारले १२ देखि १७ वर्ष उमेर समूहका ५० लाख बालबालिकालाई खोप दिने घोषणा गरेको छ । बालबालिकाका लागि कहिले खोप प्राप्ति गर्ने, अनि कहिले खोप लगाउने भन्ने अझै सुनिश्चित हुन सकेको छैन । उता, युरोपियन मुलुकमा विद्यालय खुलेसँगै बालबालिकाहरुमा संक्रमण दर बढेको पाइएको छ । द अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स (एएपी)का अनुसार अमेरिकामा कोभिड–१९ संक्रमित बालबालिकाको संख्यामा अत्यधिक वृद्धि भएको छ । कुल संक्रमितमध्ये लगभग २६ प्रतिशत बालबालिका पाइएको छ । अमेरिकामा महामारी सुरु भएदेखि बालबालिकामा देखिएको यो संक्रमण दर दोस्रो सर्वाधिक उच्च हो । हाल बालबालिका उच्च जोखिममा रहेको विश्वव्यापी संक्रमणको तथ्याङ्कले देखाउँछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्